शंकरदास बैरागी नयाँ मुख्यसचिवमा नियुक्त

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी नयाँ मुख्यसचिवमा नियुक्त भएका छन् । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषदकाे बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिइसकेका छन् । उनकाे कार्यकाल कात्तिक ३ गतेसम्म थियाे । कार्यकाल सकिनु केही दिन रहँदै उनले राजीनामा दिएका हुन् ।

मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई सरकारले बेलायतका लागि राजदूतमा नियुक्त गरेकाे छ ।

प्रतिक्रिया