अमेरिकाको राजदूतमा युवराज खतिवडा नियुक्त

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूतमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् ।

आज (बिहीबार) बसेकाे मन्त्रिपरिषद् बैठकले अमेरिकी राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

डा. खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका छन् । उनले भदाै १९ गते शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका थिए । नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया