मन्त्रालय फुटाएर मन्त्री पद बाड्न किन खोज्दैछन् प्रधानमन्त्री ?

काठमाडौं । पछिल्लो केहि दिनयता मन्त्रालय फुटाउने तयारी भइरहेको समाचार बाहिर आएका छन् । सत्तारुढ नेकपाका मन्त्री पदाकांक्षीहरूलाई भाग पुर्‍याउनको लागि मन्त्रालय फुटाउने कसरत भएकाे बुझिएको छ ।

तर, यसको राजनीतिक दल, बौद्धिक वर्ग र जनस्तरबाट विरोध भइरहेकाे छ । संवैधानिक भावना र प्रशासनिक खर्च कटौतीका लागि मन्त्रालय घटाउनुपर्नेमा झन् थप्नु राम्रो कदम नहुुने उनीहरुको तर्क छ ।

यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रालय फुटाउन तयारीप्रति विरोध जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गर्न खोजे पनि त्यसको उलंघन गर्न खोजिएको भन्दै विरोध गरेका हुन् ।

उनले सरकारले मनोमारी ढंगबाट कार्यसम्दान गरिरहेको आरोप लगाए । ‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोलेर विना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन् । कर्मचारीकै पेन्सन धान्न नसक्ने अवस्था भइसक्यो,’ पौडेलले भनेका छन् ।

‘उनले भनेका छन्- ‘जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेका बेला फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं ।’ पार्टीभित्रको आन्तरिक विवाद मिलाउन  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाउन खोजेको खबर सार्वजनिक भइरहेका छन् ।

https://www.facebook.com/RCPaudelNepal/photos/a.639671946064240/3655151551182916/?type=3&theater

प्रतिक्रिया