बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि

काठमाडौं । जर्मन महारथी बायर्न म्युनिखले सुपर कपको उपाधि जितेको छ । गएराती भएको खेलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्नको जितमा थोमस मुलर, कोरेनटिन टोलिस्सो र जोशुआ किमिचले एक एक होल गरेका थिए भने डोर्टमण्डका लागि जुलियन ब्राण्डट र एर्लिंग हलाण्डले एक एक गोल गरेका थिए ।

लगातार उपाधि जितिरहेको बायर्नले बुण्डेसलिगा, च्याम्पियन्स लिग, युइएफए सुपर कप पछि डिएफएल सुपर कप पनि जितेको छ । जर्मन सुपर कपको यो बवौं सिजन हो । जर्मनीमा अघिल्लो सिजनमा बुण्डेसलिगाको विजेता र डिएफएल पोकलको उपाधि जित्ने टिमबीच यो सुपरकप खेल्ने गरिन्छ ।

तर दुवै प्रतियोगिता एकै टिम बायर्नले जितेकाले यस बर्ष बुण्डेसलिगाको उपविजेता डोर्टमण्डले डिएफएल सुपरकप खेलेको हो ।

प्रतिक्रिया