भारतमा १५ तारिखदेखि स्कुल/कलेज र सिनेमा हल खुल्ने

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले आकान्त बनेको भारतले १५ दिनपछि लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ ।

भारत सरकारले शर्तसहित १५ अक्टोबरदेखि स्कुल र कलेज, सिनेमा हल, मल्टिप्लेक्स, प्रदर्शनी कक्ष र मनोरन्जनस्थल खोल्ने निर्णय गरेको हो । भारतीय संचार माध्यमका उल्लख गरेअनुसार शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् ।

१० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो ।

यसैगरी मनोरञ्जनका सबै क्षेत्र खोल्ने अनुमति दिए पनि भारतले त्यसका लागि केही शर्त भने बनाएको छ । सिनेमा, थिएटर र मल्टिप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सिट भर्न पाइने छैन । सरकारले आधा सिट खाली हुनुपर्ने बताएको हो । यसका लागि सरकारले छुट्टै निर्देशिका नै जारी गर्ने छ ।

प्रतिक्रिया