पदमा बहाल रहँदासम्म कुनै पनि राजनीतिक दलको सदस्य रहने छैन : अध्यक्ष बुढाथोकी 

काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले आफू पदमा बहाल रहँदासम्म कुनै पनि राजनीतिक दलको सदस्य नरहने प्रतिबद्धता  जनाएका छन् । यहीँ असोज ९ गते काउन्सिलको अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष बुढाथोकीले आज प्रतिबद्धता पत्र जारी गर्दै पेसागत संघ सङ्गठनको सदस्यबाटसमेत अलग रहने बताएका हुन् ।

उनले पदमा बहाल रहँदासम्म आफू कार्यरत साँघु साप्ताहिकको सम्पादक पनि नरहने बताए । ‘म यस संस्थाको कार्यवाहक अध्यक्षमा बहाल रहुन्जेल म कार्यरत रहेको साँघु साप्ताहिकको पदमा नरहने जानकारी गराउँदछु, साथै यस पदमा रहुन्जेल कुनै पनि सञ्चार माध्यमको सम्पादकको भूमिकामा नरहने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले भनेका छन् ।

यस्तै उनले आफू प्रेस काउन्सिलको अध्यक्षमा बहाल रहँदासम्म मितव्ययी कार्य प्रणालीको अवलम्बन गरिने बताएका छन् ।

उनले सुशासन र समृद्धिको लागि सञ्चार, आजको काम आजै टाढाको लागि प्राथमिकता, समन्वयात्मक तरिकामै कार्य, नीतिगत व्यवस्थाको लागि पहल, पेशागत शुद्धीकरण, आचारसंहिता अनुगमन र वर्गीकरण गर्नेलगायतका प्रतिबद्धता जनाएका छन् ।

उनले आफू पदमा बहाल रहँदासम्म आफूले प्राप्त गर्ने सेवा सुविधा पारदर्शी बनाउँदै पारिश्रमिकको १० प्रतिशत सामाजिक सेवा,  असहाय, अपाङ्गता भएका बालबालिकाका लागि उपलब्ध गराउने बताएका छन् ।

प्रतिबद्धता पत्र 

chairman-pratibaddata-22_0011

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977030767″ /]

प्रतिक्रिया