वामदेवको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको नियुक्तिविरूद्धको रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

आज (बुधबार) सुरु भएको संवैधानिक इजलासको पूर्ण इजलासमा बहस गर्ने क्रम नसकिएपछि शुक्रबारसम्मका लागि सरेको हो।

आज बहस हुँदाहुँदै समय सकिएपछि शुक्रबारका लागि सरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट गरेका थिए।

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी वामदेवलाई थप जिम्मेवारी नदिन आदेश दिएको हो। आजदेखि संवैधानिक इजलासमा वामदेवको नियुक्तिबारे सरकार र रिट निवेदकका वकिलहरूको बहस सुरू भएको हो।

आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्तासहित केही वकिल र सरकारका तर्फबाट महान्यायाधीवक्ता अग्नी खरेल र सह–महान्यायाधिवक्ता श्याम भट्टराईले बहस गरेका थिए।

मदेवको नियुक्तिविरूद्धको रिटमाथिको सुनुवाइ गर्न प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन भएको छ ।

प्रतिक्रिया