संसदको विशेष अधिवेशन आह्वान गर्दै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वान गर्ने भएको छ ।

वर्तमान अवस्थामा सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठानका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने भएको हो ।

बुधबार (आज) सभापति शेरबहादुर देउवा निवासमा बूढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

अहिलेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीका साथै कोभिडले निम्त्याएका विविध विषयमा परेका जनताका मर्कामा पनि सरकारले कुनै काम गर्न नसकेको भन्दै सरकारलाई दबाब दिनका लागि विशेष अधिवेशन बोलाउनुपर्ने निष्कर्षमा पुगेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया