सामाजिक दुरी कायम गरेर सरकारविरुद्ध सडकमा उत्रिने प्रस्ताव केन्द्रिय समितिमा लैजाने देउवा समुहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको आगामी असोज १९ गते तय भएको केन्द्रिय समितिमा कसरी प्रस्तुत हुनेबारे धारणा बनाउन आज सभापति शेर बहादुर देउवा समुहको बैठक बुढानिलकण्ठमा बसेको थियो ।

उक्त बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेलले बुझाएको ज्ञापनपत्रको बारेमा बुँदागत रुपमा छलफल गरी १९ गते बस्ने केन्द्रिय समितिमा स्पष्ट पार्ने निर्णय गरेकाे छ । साथै उक्त बैठकमा देशभर कोभिडको प्रकोपले जनतामा पारेको असर र सरकारले गरेको अनियमितता तथा भ्रष्टाचारको बारेमा पनि ध्यानाकर्षण भएकाे थियाे ।

अनियमितताबारे छलफल गर्न र संसदको विशेष अधिवेशन माग गर्नका लागि संसदीय दलको बैठक चाँडै बाेलाउने बारेमा केन्द्रिय समितिमा प्रस्ताव लैजाने पनि निर्णय भएकाे छ । सरकारले गरेकाे पछिल्लो विभिन्न काण्डहरूकाे विरोध गर्न सामाजिक दुरी कायम गरि देशभरबाट विरोध गर्ने प्रस्ताव पनि आगामी केन्द्रिय समितिमा पेस गर्ने निर्णय भएको नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिए ।

प्रतिक्रिया