पृतनापति कमाण्ड हस्तान्तरण

विराटनगर । पूर्व पृतना हेडक्वाटर इटहरीका पृतनापति उपरथी अनन्त कार्कीले निमित्त पृतनापति सन्तोष कुमार ढकाललाई पृतनापति कमाण्ड हस्तान्तरण गरेका छन् ।

कार्कीले बुधबार (आज) एक कार्यक्रमबीच ढकाललाई कमाण्ड हस्तान्तरण गरेका हुन् । कमाण्ड बुझबुझारथमा हस्ताक्षर तथा पृतनाको झण्डा वितरण गर्दै हस्तान्तरिक कमाण्ड ढकालले ग्रहण गरेका छन् ।

गत ०७६ श्रावण १८ गते पृतनापतिको रुपमा इटहरी पुगेका पृतनापति कार्कीले आफ्नो करिब १४ महिनाको कार्यकालपछि निमित्त प्रीतनापती साहयकरथी ढकाललाई हस्तान्तरण गरेका हुन् ।

यस्तै कार्कीले ढकालको कार्यकाल सफलतको कामनासमेत गरेका छन् । कार्की आजै बिदाई भइ व्यवस्था नीति तथा योजना महानिर्देशनालयतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया