भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ । हालसम्म त्यहाँ ९७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ ।

हिजो ७० हजार ५८९ जनामा संक्रमण पुष्टि भएको थियो भने ७७६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा मात्रै एक हजार १७९ जनाको मृत्यु भएको छ भने ८० हजार ४७२ नयाँ संक्रमित थपिएका छन् ।

याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या ६२ लाख २५ हजार ७६४ पुगेकाे छ । संक्रमितमध्ये ५१ लाख ८७ हजार ८२६ जना निकाे भइसकेका छन् भने ९ लाख ४० हजार ४४१ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया