कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति सेवा बन्द, अब कहिले खुल्छ ?

काठमाडौं । वैदेशिक रोजगार विभागको कार्यालयमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति बन्द भएको छ । स्वाकृति सेवा प्रदान गर्ने ताहाचल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको विभागका महानिर्देशक कुमार दाहालले बताए ।

‘अहिले १ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । २\४ दिनका लागि सबै सेवा बन्द गरेर सबैको कोरोना परिक्षण गराउँछौं । कोरोना देखिएका कर्मचारी उपचारमा जान्छन् र कोरोना नदेखिएका कर्मचारीले पुनः सेवा दिने छन्,’ दाहालले मकालु खबरसँग भने ।

श्रम कार्यालयका ताहाचल ५५\६० जना कर्मचारी छन् । दहालले भनेअनुसार कतिलाई सरेको हुनसक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द भएको छ ।

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो । असार १८ गतेबाट पुनः श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया