आज असोज १४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज १४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–चतुर्दशी,४८ घडी ३८ पला,बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– पूर्वाभाद्रपदा,५४ घडी ४० पला,रातको ०३ बजेर ४८ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–गंड,३९ घडी ०६ पला,बेलुकी ०९ बजेर ३५ मिनेट उप्रान्त बृद्धि । करण– गर,बिहान ११ बजेर ०६ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कुम्भ,बेलुकी ०९ बजेर १८ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट । दिनमान ३० घडी ४२ पला । पञ्चक।

आजको बार बेला ।
बिहान ५ बजेर ५६ मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर ५७ मिनेटदेखी बिहान ७ बजेर २५ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर २६ मिनेटदेखी बिहान ८ बजेर ५५ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५६ मिनेटदेखी बिहान १० बजेर २४ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २५ मिनेटदेखी बिहान ११ बजेर ५३ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ५५ मिनेटदेखी दिउसो १ बजेर २२ मिनेटसम्म उद्धेग बेला ।
दिउसो १ बजेर २३ मिनेटदेखी दिउसो २ बजेर ५१ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ५२ मिनेटदेखी बेलुकी ४ बजेर २० मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर २१ मिनेटदेखी बेलुकी ७ बजेर २० मिनेटसम्म उद्धेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ११ बजेर ५२ मिनेटदेखी दिउसो १ बजेर २१ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक रुपमा सवल हुनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बौद्धिक तथा आफुभन्दा ठुला ब्याक्ति हरुसँग सैदान्तिक बिषयमा राय बाजिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोले लगानि नबढाउनु नै उचित होला । अध्ययन अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने निश्चित जस्तै छ । प्रेम प्रसङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहनु पर्नेछ भने कार्यक्षेत्रमा तपाईको निर्णयको आलोचना हुन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । छोटो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रसस्त सम्भावना रहेको छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यावसायमा साथिभाई तथा आफन्तको सहयोग हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरपरिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला,यात्रा घातक बन्न सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला । अनावश्यक यात्रा नगर्नु नै आजको लागि राम्रो रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । तरपनि भौतिक तथा विलाश बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्नको लागि निकै नै समय खर्चनु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनु होला । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धी समस्या आउने हुँदा दैनिक कामकाज प्रभावित हुनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनिति अपनाउदा राम्रो हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ । बौद्धिक चिन्तन तथा विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रतियोगिता तथा प्रतिस्पधामा विजयको योग रहेकोछ । छोराछोरीको पढाइ तथा स्वास्थ्य प्रति जिम्मेवारी बोध हुनेछ । नसोचेको ठाँउबाट धन आगमनको योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेभ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरी बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धी समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वातावरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धनभावमा गोचर गर्ने शुभ चन्द्रमाले निर्माण सामाग्री,खाद्यान्न तथा औषधिजन्य समानको कारोबारमा बृद्धि हुने तथा अन्य सामानको व्यापारमा मन्दि आउनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ । प्रविधिको सहयोग लिदै अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ । मिहिनेतले जीवनशैली परिवर्तन हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेकोछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनहरु केहि समयको लागि थाति राख्नुनै उचित हुनेछ । तरपनि काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ भने खर्च पनि बढ्ने योग रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया