प्रदेश १ मा १२२ काेराेना संक्रमित थपिँदा १६६ जना डिस्चार्ज, तीन जनाकाे मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप २ जना पुरुषको मृत्यु भएको हो । हालसम्म प्रदेश नम्बर १ मा ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा आज १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।

विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २९ महिला र ३२ पुरुष छन् । माेरङकाे कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, तेह्रथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४१ पुगेको छ ।

यस्तै प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १ सय ६०, रुम्झाटार आइसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३९महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २२ हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया