शंखरापुरमा चाेरी, चाँगुनारायणका लामा पक्राउ
२०७७ असोज १३ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । शंखरापुर नगरपालिका-३ जसिहपौ बस्ने २६ वर्षीय कमल नगरकोटीको घरबाट नगद तथा गहना चोरी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण-६ काभ्रे डाँडा घर भएका २३ वर्षीय गणेश लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरबाट नगद तथा गरगहना समेत चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नाङलेभारेबाट खटिएको प्रहरीले उनको साथबाट करिब ३ लाख ११ हजार ७ सय रुपैयाँ बराबरको गहना फेला पारी उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लामामाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








