खुकुरी प्रहार गरी श्रीमानकाे हत्या गर्ने महिला पक्राउ

दोलखा । आफ्नै श्रीमान ५२ वर्षीय हस्त नारायण श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका-८ मनागाउँ बस्ने ४७ वर्षीया दुर्गा माया श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बादबिवाद हुँदा दुर्गाले एक्कासि धारिलो हतियार खुकुरीले प्रहार गर्दा हस्तको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले १ थान खुकुरी र १ थान कोदालो सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया