मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न आज पनि प्रचण्ड बालुवाटारमा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल गर्न आज (मंगलबार) पनि सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । अहिले प्रम ओली र अध्यक्ष दाहालबीच छलफल जारी छ ।

भेटमा पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमा पनि छलफल हुने बताइएकाे छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली–प्रचण्ड तीन दिनदेखि लगातार छलफलमा छन् । तर माेटालिटीमा कुरा नमिल्दा निर्णय हुने सकेकाे छैन । हिजाे साेमबार पनि दुई अध्यक्षबीच छलफल भएकाे थियाे । तर निष्कर्ष ननिस्किएपछि आज पनि छलफल भएकाे हाे ।

प्रतिक्रिया