कंलकीमा भेटियो नक्कली ‘लोकल’ कुखुरा !

काठमाडौं । काठमाडाैंकाे कलंकीमा नक्कली लाेकल कुखुरा व्यापारीकाे बिगबिगी मच्चिएकाे छ ।

ब्राेइलर कुखुराको चल्लालाई कालो, रातो, मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगाेमा बिक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठ क्षेत्रमा यस्तो बिगबिगी मच्चिएको हो ।

यसरी ब्राेइलर कुखुरालाई मेहेन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग दिँदै लोकल बनाउँदै बिक्री गर्दै आएका भारतीय नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ ।

सेतो चल्लालाई कालो रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कंलकी क्षेत्रबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाह कालीमाटी वृत्तले पक्राउ गरेकाे हाे । २८ हजार ६ सय ५० गाेटा मध्ये ३६ सय ५० रङ्ग लगाएकाे चल्ला बरामद गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी अपिल राज बोहराले बताए ।

‘ब्राेइलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुँदो रहेछ । त्यहि भएर चल्ला ल्याउँदै, रंग लगाउर महंगाेमा बिक्री गर्ने रहेछन् । आफ्नो फाइदाका लागि गलत काम गर्नेलाई पक्राउ गरेका छाैँ,’ डिएसपी बाेहराले भने ।

साथै उनले अनुसन्धान जारी रहेकाे र दोषी देखिए कानुन अनुसार कारबाही हुने पनि बताए । उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल, गिरिराज, ब्राेइलर भन्दै १० रूपैयाँमा गरिद गरि ल्याएको चल्ला दुई सयदेखि ३ सयसम्ममा बिक्री वितरण गर्दै आइरहेका थिए ।

प्रतिक्रिया