वीपी प्रतिष्ठानमा मोरङका संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित मृत्यु भएको छ । मोरङको सुनबर्सी-७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि नोबेल मेडिकल कलेजले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो । उनी प्रतिष्ठानमा असोज १० गते बिहान ७ बजे भर्ना भएको प्रवक्ता सापकोटाले जानकारी दिए । उनको भेन्टिलेटरमा उपचार गर्दै आएको थियो ।

पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्याले पीडित ती पुरुष डायलायसिससमेत गराउँदै आएका थिए । उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । शवको नियमअनुसार व्यवस्थान गर्ने तयारी भइरहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया