पौडेल समूहले सभापति देउवालाई दियो एक हप्ते अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेले समूहले सभापति शेरबहादुर देउवालाई एक हप्ते अल्टिमेटम दिएको छ ।

कांग्रेसले आगामी १९ गते पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । उक्त बैठकभन्दा अगाडि आफ्नो असुन्तुष्टि सम्बोधन नगरे विरोध कार्यक्रम शुरु गर्ने पौडेल समूहले चेतावनी दिएको छ ।

आफूहरुको असन्तुष्टि पार्टी सभापति देउवाले सुनुवाई नगरेपछि पौडेल समूहले महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित ज्ञापनपत्र पार्टी कार्यालयमा दर्ता आज गरेको छ ।

‘आगामी केन्द्रीय कार्यसमितिको बैठकसम्म न्यायपूर्ण र विधिसम्ममत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता देखाउनु भएन भने वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुनेछौं ।’ ज्ञापन पत्रमा भनिएको छ ।

पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका मुद्दा उठाउँदै आएको छ ।

आफ्नो प्रस्ताव सिटौला समूहले अस्वीकार गरेसँग आज विरोधपत्र दर्ता गरेको हो ।

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977030269″ /]

प्रतिक्रिया