रोनाल्डोको दुई गोलमा युभेन्ट्स हारबाट जोगियो

काठमाडौं । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा साविकको विजेता युभेन्ट्स हारबाट जोगिएको छ । १० खेलाडीमा समेटिएको युभेन्ट्सले रोमासँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोले पनि पेनाल्टीमै ४४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफका इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा भेरेटआउटले व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई २-१ को अग्रता दिलाए ।

६९ औं मिनेटमा रोनाल्डोकै गोलमा युभेन्ट्स खेलमा फर्कियो । ड्यानिलोको क्रसमा रोनाल्डोले हेडमार्फत युभेन्ट्सका लागि बराबरी गोल फर्काएका थिए । एड्रियन राबोट ६२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो ।

नयाँ सिजनमा पहिलो खेल जितेको युभेन्टस दोस्रो खेलमा भने बराबारीमा रोकिएको छ । त्यस्तै रोमाले भने पहिलो खेलमा हार बेहोरेको थियो । अब युभेन्टसले अर्को खेल नापोलीविरुद्ध खेल्ने छ भने रोमाले उडीनेसविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया