आइपिएल : पन्जाबमाथि राजस्थानको रोमान्चक जित

काठमाडौं । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दोस्रो जित निकालेको छ । राजस्थानले पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको २२४ रनको विशाल लक्ष्य पछाएको राजस्थान रोयल्सले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । आइपिएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । यस अघि २००८ मा दिल्लीले दिएको २१५ रनको लक्ष्य राजस्थान रोयल्सले न चेज गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा २ विकेट गुमाउदै २२३ रन बनाएको थियो । खेलमा ४२ बलमा ८५ रन बनाएका राजस्थानका सन्जु सामसन प्लेयर अफ द म्याच बनेका थिए । आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ ।

प्रतिक्रिया