अवैध रुपमा भारतबाट ल्याउँदै गरेका मिनि ट्रक र राँगा सहित चालक पक्राउ

सुनसरी । सुनसरी नगरपालिका-४ स्थित वसपार्कबाट करिब १७ लाख ५० हजार रुपैयाँ बराबरको मिनि ट्रक, २१ वटा राँगा र १ वटा पाडी सहित एक जना पक्राउ परेका छन् । प्रहरीले ईनरुवा-४ बस्ने २८ वर्षीय राजकुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

अवैध रुपमा भारतबाट प्र-१-०-२००१ ख ८१५६ नम्बरको मिनि ट्रकमा ल्याउँदै गरेको उक्त राँगा र पाडी सहित ट्रक चालक मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बरामद रागा र पाडी सहित उनलाई आइतबार सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया