उच्च गुणस्तरीय ‘फ्लोरा माक्स’ बजारमा, ९९ प्रतिशतसम्म किटाणु फिल्टर गर्ने दाबी

  • सुजाता लिम्बू

विराटनगर । विश्व महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘फ्लोरा माक्स’ बजारमा आएको छ । विराटनगरका युवा व्यवसायी दिनेश ठाकुरले ‘फ्लोरा माक्स बजारमा ल्याएका हुन् ।

धुवा, धुलो र संक्रमण रोक्न ‘मेल्ट ब्लाउन भएको माक्स’ को आवश्यक पर्ने भएकाले फ्लोरा माक्स बजारमा ल्याएको युवा व्यवसायी ठाकुरको भनाइ छ ।

उनले भने, ‘अहिले बजारमा धेरै प्रकारका माक्सहरू आएका छन् । सबै माक्समा तीन लेयर भएपनि मेल्ट ब्लाउन प्रयोग गरिएको हुँदैन । जसले गर्दा साधरण माक्सले धुवा, धुलो त रोक्छ, तर संक्रमण रोक्छ भन्ने छैन ।’

उनका भनाइअनुसार तीन लेयरमध्ये बीचको भागमा मेल्ट ब्लाउन प्रयोग गरिएकोले फ्लोरा माक्सले ९९ प्रतिशतसम्म किटाणु फिल्टर गर्दछ ।

उक्त फ्लोरा माक्स उच्च गुणस्तरीय रहेको उनले दाबी गरेका छन् । सो माक्सको बजार मूल्य प्रति गोटा ५ रुपैयाँ मात्र रहेको उनले बताए ।

औषधी व्यवसायी समेत रहेका ठाकुरले चीनबाट आयत गरेको अत्याधुनिक स्वचालित उपकरणबाट फ्लोरा माक्स उत्पादन गर्दछन् ।

करिब १ करोड लागतमा माक्स उद्योग संचालनमा ल्याएका ठाकुरले एक दर्जन जनालाई रोजगारीसमेत  दिएका छन् । यस्तै उनले दैनिक २५ देखि ३० हजार माक्स उत्पादन भइरहेको बताएका छन् ।

प्रतिक्रिया