आजको मन्त्रिपरिषद् बैठकले गरेको यी निर्णयहरु !

काठमाडौं । आज बसेको मन्त्रिपरिषद‍‍् बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अधिकार दिने निर्णयसमेत गरेको छ ।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकम दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि बोलाइएको आकस्मिक बैठकले तपसिलका निर्णयहरु गरेको श्रोतले बताएको छ ।

अध्यक्षद्वयबीचको भेटमा मन्त्रिमण्डल हेरफेरबारे कुराकानी भएपनि बैठकमा भने उक्त कुराले प्रवेश नपाएको एक मन्त्रीले बताए ।

 

प्रतिक्रिया