आकस्मिक मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

सोमबार र बिहीबारको अतिरिक्त आइतबार (आज) बोलाइएको बैठक शुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार बैठक प्रधानमनत्री सरकारी निवास बालुवाटारमा शुरु भएको हो ।

आजको बैठकमा मुख्यगरी मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने बुझिएको छ । योसँगै एकताको बाँकी कामबारे पनि छलफल हुने बताइएको छ ।

यसअघि अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया