सुदूरपश्चिममा थपिए ९८ संक्रमित

कैलाली । सुदूरपश्चिम प्रदेशका थप ९८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा गरिएकाे परीक्षणमा थप ९८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यस्तै विभिन्न अस्पतालबाट १० जना निकाे भएर फर्किएका छन् । याे सँगै त्यहाँ निकाे हुनेकाे संख्या ५ हजार ८८३ पुगेकाे छ ।

हाल सक्रिय संक्रमित संख्या १ हजार ८५ रहेकाे छ भने मृतक संख्या १४ पुगेकाे छ ।

प्रतिक्रिया