प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह १२ बजे बस्ने गरी बोलाइएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भए पनि प्रधानमन्त्रीले आकस्मिक रुपमा बैठक बोलाएका हुन् । आज मध्यान्ह मन्त्रिपरिषद् बैठक बस्नेबारे शनिबार राति मन्त्रीहरुलाई सूचित गरिएको थियो । तर, बैठकको एजेण्डाबारे भने खुलाइएको छैन ।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेका बेला आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया