राप्ती प्रतिष्ठानको वार्षिकोत्सवमा वृक्षारोपण [फोटोफिचर]

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले दोस्रो वार्षिकोत्सव मनाएको छ । कोरोना कहरकाबीच प्रतिष्ठानले वृक्षारोपण गरी वार्षिकोत्सव मनाएको हो ।

शनिबार बिहान प्रतिष्ठानको मुख्य कार्यालय, आइशोलेसन वार्ड तथा अस्पताल परिसरमा वृक्षारोपण गरिएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारी, अतिथि एवं नागरिक समाजका अध्यक्ष चन्द्रराज पन्त र उद्योग वाणिज्य संघ दाङ जिल्ला अध्यक्ष नारायण प्रसाद भुषालले वृक्षारोपण गरेका थिए ।

यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रल्हाद कार्की, का.मु. रजिष्ट्रार कैलाश प्रसाद देव, डीन डा.बसन्त लामिछाने, निर्देशक डा. सागर पन्थी, दाङ स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले पनि वृक्षारोपण गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका शिक्षक, चिकित्सक, अधिकृत तथा कर्मचारीको वृक्षारोपण कार्यक्रममा सहभागिता थियो ।

हेर्नुस् तस्विर :-

प्रतिक्रिया