हैदराबादमाथि कोलकाताको जित, गिलले बनाएर ७० रन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले दिएको १४३ रनको लक्ष्य पछाएको कोलकोताले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो भने हैदराबादको लगातार दोस्रो हार हो । कोलकोताको जितमा शुभमन गिलले अविजित ७० रन बनाए । गीलले ६२ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ७० रन बनाएका थिए । यस अघि हैदरावादले २० ओभरमा ४ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।

जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र किंग्स इलेभेन पञ्जाबबीच हुँदैछ ।

प्रतिक्रिया