आज असोज ११ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज ११ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–एकादशी,३८ घडी ५६ पला,बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–श्रवण,४४ घडी ०२ पला,बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त धनिष्ठा । योग–सुकर्मा,४२ घडी ४० पला,बेलुकी १० बजेर ५९ मिनेट उप्रान्त धृति । करण–वणिज,बिहान ०९ बजेर ३३ मिनेट उप्रान्त भद्रा,बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान ३० घडी ५४ पला । पद्मिनी एकादशी व्रत। पर्यटन दिवस।

आजको बार बेला ।
बिहान ५ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ५ बजेर ५६ मिनेटदेखी बिहान ७ बजेर २५ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर २६ मिनेटदेखी बिहान ८ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखी बिहान १० बजेर २४ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २५ मिनेटदेखी बिहान ११ बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ५५ मिनेटदेखी दिउसो १ बजेर २३ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर २४ मिनेटदेखी दिउसो २ बजेर ५३ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ५४ मिनेटदेखी बेलुकी ४ बजेर २३ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर २४ मिनेटदेखी बेलुकी ७ बजेर २३ मिनेटसम्म शुभ बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ०४ बजेर २२ मिनेटदेखी बेलुकी ५ बजेर ५२ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनाले दिन रमाइलो गरी बित्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने हुनाले कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । राजनीति तथा सामाजसेवामा जनताको काम गरि पद प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिहनेत गर्नेहरुका लागि समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । फाईदा हुने काम वा जिम्मेवारी तपाईँको काधमा आउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले हरेक क्षेत्रमा काम गर्न आट आउनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समुदायको हितमा राम्रा काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्न सकिनेछ । कीर्तिमानी काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् भने आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यका दृष्टिकोणले समय राम्रो रहेकोछ भने पुराना स्वास्थ्य सम्बन्धी हल भएर जानेछ । व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । मावली र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनाले मन प्रशन्न हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ति हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । सन्तान पक्षबाट सहयोग हुनेछ भने बंश बृद्धिको योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारबाट मनग्गे धन लाभ हुनेछ । विशेष गरि निर्माण सामाग्र, औषधी र दैनिक उपभोग्य सामानको व्यापारमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । चुनौतीका बाबजुद नसोचेको काम सम्पादन गर्न सकिनेछ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । आमाको धन सम्पती प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् भने रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । आर्जित धन सञ्चय गरि दीर्घकालिक प्रयोजनमा उपयोग गर्न सकिनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना बनाई समाधान गर्न सकिनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बन्द व्यापारमा सुधारका संकेतहरु देखा पर्नेछन् भने नया प्रकृतिको काम गरि आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । आर्थिक अवस्था राम्रै रहने हुनाले कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ । ईष्ट मित्र तथा आफ्ना भन्नेहरुले सहयोग गर्नेछन् भने कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माटो तथा खनिज पदार्थ सम्बन्धि कामबाट लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राम्रा काम गर्न सकिने हुनाले सामाजिक नेतृत्व हात लागी हुने योग रहेकोछ । काममा विशिष्ट व्याक्तिहरुको सहयोग रहनेछ । पढाइ लेखाइलाई सुधार गर्दै वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । प्रियजन भेट हुनुका साथै भौतिक बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । बोलीको भरमा चिताएका काम सम्पादन हुने हुनाले आर्थिक रुपमा सुदृड हुन सकिनेछ । राजनीति तथा समाजसेवा गर्नेहरुले जनताको सहयोग पाउने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईँको उपस्थिति कमजोर रहनेछ । आफन्तअरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीको व्यापारमा वृद्धि हुने तथा अन्य सामान्यको कारोबारमा सामान्य मन्दि आउनेछ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाँफा कमाउन सकिनेछ । प्रणय सम्बन्ध सुदृड हुने तथा घर परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया