पार्टीमा गुटका आधारमा गिरोह निर्माण भइरहेको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीमा गुट–गुटका आधारमा गिरोह निर्माण भइरहेको बताएका छन् । नेपाली काँग्रेसमा सुवर्ण शमशेरको योगदान र पार्टीको निर्णायक तहमा महिलाको सूनिश्चितता विषयक भर्चुअल कार्यक्रममा बोल्दै उनले विचारको राजनीतिबाट गुट बन्नुपर्नेमा गुटका आधारमा गिरोह निर्माण भइरहेको बताए ।

कोइरालाले उनले भने, ‘२०१२ सालमा सुर्वणशम्शेर र गणेशमान सिंह सभापतिमा लड्दा बिपी कोइरालाले सुवर्णशम्शेरलाई साथ दिनुभयो । रोचक कुरा गिरिजाबाबुले भने गणेशमान सिंहलाई साथ दिनुभयो । सभापतिमा सुवर्णशम्शेरले जित्नुभयो । तर उहाँहरुको हार्दिकता पहिलेभन्दा बढी थियो । यतिबेला गुट–गुटका आधारमा राजनीति भइरहेको छ ।’

यस्तै नेता कोइरालाले पार्टीमा महिला सहभागिता बनाउनुपर्नेमा पनि जोड दिए । उनले भने, ‘स्थानीय तहमा ६० प्रतिशत र प्रादेशीकमा ५० प्रतिशत र केन्द्रमा ४० प्रतिशत महलिा र युवालाई स्थान दियौँ भन्ने पार्टीमा आकर्षण बढ्छ । पाकाको अनुभव र युवाको उर्जाले काँग्रेसलाई अगाडि बढाएर लैजान्छ ।’ नेतृत्व विकास र सहभागिताका लागि महिलाहरुले ७७ जिल्ला सभापतिलाई खबदारी गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।

‘केन्द्रीय तहमा रहेका महिलालाई प्रश्न छ । तपाई मात्र आरक्षणबाट केन्द्रीय सदस्य भइरहने ? आठ प्रतिशतलाई ५० प्रतिशत बनाउने हो । नेतृत्व दिने कुरा होइन, लिने कुरा हो । आउनुहोस सभापति लड्नुहोस् । सहभागिता र नेतृत्व विकासका लागि गरेर ७७ वटा जिल्ला सभापतिलाई खबदारी गुर्नहोस्’ उनले भने ।  उनले नेपाली काँग्रेसको सभापति महिला भएको हेर्न चाहेको बताए । महिला नेतृत्व भएको देशमा भ्रष्टचार पनि कम भएको उनको भनाइ छ ।

कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले सुवर्णशम्शेरको बिर्ता उन्मुलन कदम क्रान्तिकारी भएको बताए । ‘२०४६ सालको आन्दोलनबाट राजनीतिका आएका हामीहरुले गणेशमानजीलाई देख्न पायौँ । गिरिप्रसाद, कृष्णप्रासद भट्टराई र सुशील कोइरालासँग काम गर्ने मौका पायौँ । तर बिपी कोइराला र सुवर्णशम्मेरजीलाई सुनेका मात्र छौँ । उहाँ क्रान्तिकारी हुनुहुन्थ्यो । बिर्ता उन्मुलन कदम क्रान्तिकारी थियो’ उनले भने ।

यस्तै उनले सबै विभेदको अन्त्य नभए समानता पनि नहुने बताए । ‘नेपालभित्रको विभिधता पार्टीभित्र पनि देखिनुपर्छ । हिजो दलितलाई महामन्त्री र महिलालाई मन्त्री बनाएको कुराले काँग्रेससँग जनता जोड्न सकिँदैन । काँग्रेस महिलाको मुद्दा बोकेएर जाने कुरामका जबरजस्त आउछ कि आउँदैन भन्ने कुराले महत्व राख्छ थापाले भने ।

नारामा महिला समानता भए पनि कानुनी व्यवस्थाको मात्र पालना भएको उनको भनाइ छ । १४ औं महाधिवेशन विधानको व्यवस्थालाई प्रयोग गर्दै महिला सहभागिता बढाउनुपर्नेमा थापाको जोड दिए । महिलाहरुले सभापतिका उम्मेदवारसँग मुख्य पदाधिकारीसहित महिलाको सहभागितका लागि दबाब दिन थापाको सुझाब रहेको छ ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली समाजको रुपान्तरणमा काँग्रेसका संस्थापनक मध्येका नेता सुवर्ण शम्शेरराणाको ठूलो योगदान गरेको बताए । निधिले भने, ‘बजेटको व्यवस्था पनि सुर्वणशम्शेरको पालामा भएका थियो । नेपालको लोकत्रान्तिक व्यवस्थाका लागि उहाँँ अतुलनीय योगदान छ ।’ उनले सुवणशम्शेरलाई निष्ठा र त्यागी नेताका रुपमा सम्झिए । ‘२०१५ सालमा राजाले सुवर्णशम्शेरलाई प्रधानमन्त्री बनाउन खोज्दा पनि उहाँले बिपीलाई प्रधानमन्त्री बनाउनुभयो’ उनले भने ।

उपसभापति निधिले समावेशीताको सिद्धान्त सबैभन्दा पहिले काँग्रेसले अंगीकार गरेको दाबी गरेका छन् । उनले भने, ‘नेपाली काँग्रेस प्रजातान्त्रिकमा कर्णाली, दलित, जनजाति, महिला, मधेसीको सहभागिताको सिद्धान्त अंगिकार गरिएको थियो । एकीकरणपछि त्यो सिद्धान्त काँग्रेसमा पनि लागू भयो । त्यसपछि संविधानमा व्यवस्था गरिएको हो ।’

प्रतिक्रिया