नेपाल निजामती कर्मचारी सङ्गठनलाई लाग्यो चुनाव

धरान । नेपाल निजामती कर्मचारीहरूको आधिकारिक संस्था नेपाल निजामती कर्मचारी सङ्गठनले आउँदै गरेको चुनावलाई मध्यनजर गरी आफ्ना गतिविधिहरू अगाडी बढाएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन सुनसरी जिल्ला कार्य समितिको आयोजनामा जिल्ला हुलाक कार्यालयमा एक छलफल तथा परामर्श कार्यक्रमको आयोजना गरी कर्मचारीहरूलाई आ–आफ्नो कार्यालयमा भइरहेको समस्या तथा समाधानका उपायको बारेमा सुझाव सङ्कलन समेत गरिएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष भुवन राईले तीन वटै तहको संरचना पूर्णरुपमा बन्न नसकेकोले नेपालको कर्मचारी संयन्त्र सङ्क्रमणको स्थितिमा रहेको बताएकी छन् ।

असोज २४ गतेलाई तोकिएको सङ्गठनको चुनाव सारिएर आउँदो मंसिर २७ गते हुने जानकारी दिँदै राईले बाध्यात्मक परिस्थितिमा सङ्गठनको चुनाव सार्नुपर्ने अवस्था आएको बताउँदै कर्मचारी कल्याण कोष तथा सदस्यता नवीकरणका लागि निजामती कर्मचारीमा अपिल पनि गरेकी छिन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य प्रकाश राईले श्रेणी विहीन कर्मचारीहरूले समेत सरकारको कार्यमा गरेको कामको मुल्याङकन सही ढङ्गले नगरेको बताउँदै अबको दिन कोही पनि श्रेणी विहीन नहुने जनाए ।

आफूहरू पार्टी सम्बद्ध सङ्गठन भएकोले सही कुरामा कर्मचारी माथि अन्याय भयो भने आफ्नै पार्टीका नेता मन्त्री विरुद्ध लाग्ने चेतावनी समेत दिए । उनले तीन तहको सरकारलाई व्यवस्थित बनाउन सबैले आ–आफ्ना आवाज बुलन्द बनाउन आग्रह पनि गरेका छन् ।

यता नेपाल निजामती सुनसरी जिल्ला सिबीए सदस्य केशव खतिवडाले सरकार भएका स्थानहरूमा सिबिए अनिवार्य हुनुपर्ने तर्क गरे । तीन तहकै सरकार भए पनि सिबीए नभएको जिकिर गर्दै सिङ्गो ट्रेड युनियन माथि नै प्रहार भएको बताए ।

खतिवडाले महामारीको बेला परिपक्व ऐन अनुसार चुनाव भयो भने मात्र सिबीए परिपक्व हुने भन्दै परिपक्वताका लागि चुनाव केही समय रोकिएको बताए । छलफल कार्यक्रममा धरान भित्र रहेका राष्ट्र सेवक निजामती कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया