विश्व पर्यटन दिवसमा दिगो पर्यटनबारे अन्तरक्रिया हुने

धरान । खेल पर्यटनमार्फत दिगो पर्यटनबारे पर्वतीय खेलकुद महासंघले एक अन्तरक्रिया आयोजना गर्न लागेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर महासंघले प्रदेश नं. १ समितिले जुममार्फत अन्तरक्रियाको आयोजना गर्न लागेको हो ।

टोकियो मेट्रोपोलिटनका प्राध्यापक विष्णु खनाल, टे«किङ एजेन्सी एशोशिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामा, सोलु दुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राई तथा साहसिक पर्यटनका कलमकार विराट अनुपमले खेल पर्यटनले दिगो पर्यटन निर्माण हुने विषयमा प्रवचन दिनेछन् ।

नेपालभरिका सरोकारवालाहरु सहभागी हुने अन्तरक्रिया कार्यक्रमले पर्वतीय क्षेत्रमा खेलमार्फत पर्यटन विकास र समृद्धिबारे चर्चा हुने कार्यक्रमको संयोजक एलिना मगरले बताइन् । मगर महासंघकी प्रदेश नं. १ की महिला सहसंयोजक हुन् ।

कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द भट्टराई, महासचिव सञ्जय पाण्डे, प्रदेश नं. १ का संयोजक भूपाल चाम्लिङलगायतले सहजीकरण गर्नेछन् । कार्यक्रम सोमबार ३ बजे हुने जनाइएको छ ।

प्रतिक्रिया