युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाले ज्यान गुमाए

एजेन्सी । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । युक्रेनका सैनिक अधिकारीहरुले उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको जनाएका छन् ।

शुक्रबार सो विमान दुर्घटनमा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको छ ।

युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ ।

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । विमान दुर्घटनामा बारे अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया