कोरोनामुक्त शाहको अनुभव : ‘कोरोनासँग लड्न आत्मबल भए पुग्छ’

  • सुजाता लिम्बू

विराटनगर । २८ वर्षीय सञ्जित विक्रम शाहलाई आफू स्वास्थ्यकर्मी भएको हिसाबले एकदिन कोरोना संक्रमित हुन्छु भन्ने लागेकै थियो । उनी विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रयोगशाला विभागका प्रशासनिक सहायकको रुपमा कार्यरत कर्मचारी हुन् ।

उनी भन्छन्–‘म ल्याबमा काम गर्ने भएकाले बिरामीहरुको प्रत्यक्ष भेटघाटमा नै रहेर काम गर्नुपर्ने हुन्छ, त्यसैले म एक दिन संक्रमित हुन्छु भन्ने लागेको थियो ।’ उनी कार्यस्थलमा रहँदा नै कोरोना संक्रमित भएको जानकारी दिएको थियो ।

त्यो समय उनी आत्तिएका थिए । तर, उनलाई आफूसँगै कार्यरत सहकर्मी साथीहरुले मनोबल गिराउने भन्दा पनि हौसलापूर्ण साथ दिएकाले उनलाई आफू संक्रमित भएको भन्ने महसुस पनि नभएको उनी बताउँछन् ।

उनी आफू कार्यरत क्वारेन्टाइनभित्र जब प्रवेश गरे त्यहीँभित्रको माहोलले झनै आत्मबल बढेको उनी सुनाउँछन् । भन्छन्, विराट मेडिकल कलेजका सञ्चालकलगायत डाक्टर, नर्सहरुले पारिवारिक वातावरणमा हौसलापूर्ण साथ र उपचार दिएकाले मलाई क्वारेन्टाइनभित्र बस्न झनै सहज भयो ।

उनी थप्छन्, ‘कोरोना भाइरस हामीले सुनेको भन्दा त्यस्तो ठुलो रोग त होइन, तर ठूलो रोग होइन भन्दै लापर्वाही गर्न चाहिँ नहुने रहेछ । कोरोनासँग लड्नका लागि सर्वप्रथम त आत्मबल नै चाहिन्छ ।’

अनुभव सुनाउँदै शाहः–

प्रतिक्रिया