कंगोमा नेपाली सैनिकमाथि कुटपिट, नेपाली सेनाले थाल्यो छानविन
२०७७ असोज १० गते

कुटिएका सैनिक। तस्वीरः सामाजिक सञ्जाल।
काठमाडौं । कंगोमा सैनिक जवान नवराज माझीमाथि भएको कुटपिटबारे नेपाली सेनाले छानविन शुरु गरेको छ ।
शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि तीन अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको हो ।
सैनिक आचार संहिता र मर्यादाविपरीत भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति ‘कोर्ट अफ इन्वायरी’ भएको जङ्गी अड्डाले जनाएको छ ।
कुटपिटमा इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न भएको आरोप छ ।
२०७७ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








