कंगोमा नेपाली सैनिकमाथि कुटपिट, नेपाली सेनाले थाल्यो छानविन

काठमाडौं । कंगोमा सैनिक जवान नवराज माझीमाथि भएको कुटपिटबारे नेपाली सेनाले छानविन शुरु गरेको छ ।

शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि तीन अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको हो ।

सैनिक आचार संहिता र मर्यादाविपरीत भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति ‘कोर्ट अफ इन्वायरी’ भएको जङ्गी अड्डाले जनाएको छ ।

कुटपिटमा इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न भएको आरोप छ ।

प्रतिक्रिया