चितवनमा मृत्युपछि कोरोना पुष्टि

चितवन । चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली जिल्ला गोदावरी नगरपालिका १ का ३० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

गएराति मृत्यु भए पनि उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

मिर्गौला र श्वासप्रश्वास सम्बन्धि समस्या भएका उनको शुक्रबार मेडिकल कलेजमा भर्ना गरि आइसियुमा राखी उपचार भएको थियो ।

गएरातिनै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका ७४ बर्सिय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको थियो ।

चितवनका विभिन्न अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेछ ,जस मध्य १८ जना चितवनकै हुन् ।

प्रतिक्रिया