चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • ध्रुवराज खनाल

चितवन । चितवनमा बाघको आक्रमणबाट शनिबार एक पुरुषको मृत्यु भएको छ ।

वनमा घाँस काट्न गएका भरतपुर १३ का ६५ वर्षीय जगदिश चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले मकालु खबरलाई जानकारी दिए ।

स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको चौधरीलाई बिहान १०:१५ बजे बाघले आक्रमण गरेको थियो ।

अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाइ डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको सूचना अधिकारी रामले बताए ।

प्रतिक्रिया