आज असाेज १० गते शनिबार, यस्ताे छ आजकाे पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग 
वि.सं.२०७७ साल असोज १० गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–दशमी,३९ घडी ४५ पला,बेलुकी ०९ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र–उत्तराषाढा,४२ घडी ५५ पला,बेलुकी ११ बजेर ०४ मिनेट उप्रान्त श्रवण । योग–अतिगण्ड,४५ घडी ४९ पला,रातको १२ बजेर १४ मिनेट उप्रान्त सुकर्मा । करण– तैतिल,बिहान १० बजेर ०३ मिनेट उप्रान्त गर,बेलुकी ०९ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान ३० घडी ५८ पला ।

आजको बार बेला ।
बिहान ५ बजेर ५४ मिनेटसम्म काल बेला ।
बिहान ५ बजेर ५५ मिनेटदेखी बिहान ७ बजेर २४ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर २५ मिनेटदेखी बिहान ८ बजेर ५४ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखी बिहान १० बजेर २४ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर २५ मिनेटदेखी बिहान ११ बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ५५ मिनेटदेखी दिउसो १ बजेर २४ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर २५ मिनेटदेखी दिउसो २ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ५५ मिनेटदेखी बेलुकी ४ बजेर २४ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर २५ मिनेटदेखी बेलुकी ७ बजेर २४ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०८ बजेर ५४ मिनेटदेखी बिहान १० बजेर २४ मिनेटसम्म रहने ।

राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कमै हुनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुनेछ भने आफन्तहरु टाढिने हुँदा मन खिन्न रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक र सामाजिक काममा समय व्यतित हुँदा मन प्रशन्न हुनेछ । अध्ययनमा मन जाने तथा दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनेछ  । व्यावसायमा समय लगानी गरि लाभ लिन सकिनेछ भने लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीहरुको राय लिनु राम्रो हुनेछ । खानपिनका परिकार प्राप्त हुने तथा परिवारका साथ रमाईलो वातावरणमा दिन व्यतित गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ  तथा घर फिर्ताको साईत जुर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैंक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ भने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । दैनिक उपभोग्य र औषधीजन्य व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । भौतिक सम्पत्ति र सवारी साधन प्राप्तिको योग रहेकोछ भने यात्रामा निस्कन सकिनेछ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । माया प्रेममा मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेकोछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ  । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ  । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग विचार नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ भने वंश बृद्धिको गतिलो योग रहेको छ । जानकार व्यक्ति वा गुरुजनको सहयोगले आत्मबल बढ्ने तथा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बन्दव्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर जग्गा तथा सवारी साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय खर्चिनेहरुले पनि राम्रो रुपैया पैसा कमाउन सक्नेछन् । अध्ययन तथा अध्यापनमामा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । आमा वा आमा सरहका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन रहनेछ भने समाजसेवामा जनताको भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिहरुसँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने शत्रुले दुखः दिनेछन् । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्नी बीच अबिश्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापारमा बढोत्तरीको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्ने जिम्मा तपाईँको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्नी बीच मायामा विस्वासको वातावरण बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आकश्मिक धन तथा सम्पती प्राप्तीको योग रहेकोछ । आफ्नो प्रेम पात्रबाट उपहार प्राप्त हुनेछ । भए पनि पढाई तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि समयले साथ दिनेछ । अग्रज तथा आफन्तको सल्लाह मानेर अगाडि बढ्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानीका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगति हुनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया