दार्चुलाकाे एक हाेटलमा मृत फेला परे प्रहरी नायब निरीक्षक
२०७७ असोज ९ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । दार्चुलाकाे महाकाली नगरपालिका-४ बंगाबगडको एक होटलमा एक प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल शुक्रबाट बिहान करिब ४ बजे मृत फेला परेका हुन् ।
सई रावल इलाका प्रहरी कार्यालय, हुतीमा सरूवा भएका थिए । त्यहाँ जाने क्रममा उनी राति होटलमा बास बसेका थिए । बिहानपख हाेटलकाे बाथरूम बाहिर मृत भेटिएकाे कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार घटना भएकाे जानकारी प्राप्त हुनेबित्तिकै रावललाई जिल्ला अस्पताल दार्चुला पुर्याइएको थियो । त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेका हुन् । रावल दल्लेख प्रहरी चौकीबाट हुती सरुवा भएका थिए ।
२०७७ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








