हायस गाडी दुर्घटना हुँदा १७ जना घाइते
२०७७ असोज ८ गते

काभ्रे । धुलिखेल नगरपालिका-९ विपी राजमार्गस्थित पानी ट्याङ्कीमा बा ४ ख ५८७० नम्बरको हायस गाडी बिहीबार बिहान सडकबाट करिब ८० फिट तल खसेर दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्याङबाट खटिएको प्रहरीले घाइतेहरुलाई धुलिखेल अस्पताल पठाएको छ ।
घाइतेमध्ये १ जना गम्भीर, ८ जना मध्यम र ८ जनाको अवस्था सामान्य रहेको छ ।
२०७७ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित








