अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयाघातबाट निधन

काठमाडौं । अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय प्रिमियर लिग (आईपीएल)को कमेन्ट्री टोलीको सदस्यका रुपमा भारत आएका उनको हृदयघातका कारण निधन भएको हो ।

उनले दक्षिण एसियाको क्रिकेटमा सुधारको लागि महत्वपूर्ण सहयोग पु¥याएका थिए । स्टार इन्डियाले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

जोन्सले सन् १९८४ देखि १९९४ को अवधिमा अस्ट्रेलियाको लागि ५२ टेस्ट खेलमा सहभागिता जनाएका थिए भने १६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए ।

प्रतिक्रिया