माइतीघरमा डा. केसीका समर्थककाे नारा- केपी तेराे पाराले, दुःख पायाे साराले !

काठमाडौं । टिचिङ अस्पतालमा उपचाररत डा. गोविन्द केसीको समर्थनमामण्डलामा प्रदर्शन गरिएको छ । आज (बिहीबार) काठमाडौंको माइतीघर मण्डलामा उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।

केही समयअघिबाट सुरु भएको प्रदर्शनमा प्रहरीले जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले काेराेना संक्रमणकाे जाेखिम बढ्ने  भनेकाे भन्दै भीड नगर्न अनुरोध गरिरहेको छ । प्रहरी र प्रदर्शनबकारीबीच भनाभनको स्थिति छ ।

प्रदर्शनमा उत्रिएकाहरूले केपी तेराे पाराले दुःख पायाे साराले, वि आर विथि डा. केसी, डा. केसीकाे साथमा हामी छाैँ, नागरिक स्वतन्त्रता मिच्न पाइँदैन, प्रहरी दमन बन्द गर, नेकपा प्रहरी मूर्दावाद लगायतका नारा लगाएका थिए ।

डा. गाेविन्द केसी अनशन बसेकाे आज ११ दिन पुगेकाे छ । उनी असाेज ६ गते मात्रै जुम्लाबाट काठमाडाैं फर्किएका थिए । उनले काठमाडाैंकाे टिचिङ अस्पतालमा अनशन जारी नै राखेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ ६ रानी चौरमा रहेको वाविरा मन्दिरमा सत्याग्रह सुरु गरेका हुन् । त्यस्तै २०७५ साउन १० को सहमति कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्रमा बरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुपर्ने लगायतका मागहरू रहेका छन् ।

प्रतिक्रिया