प्रदेश १ काेराेना अपडेट : बिहीबार थपिए १ सय १४ संक्रमित

विराटनगर । प्रदेश १ मा आज (बिहीबार) १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । ७ सय ९४ जनाको पीसीआर परीक्षण गरिएकाेमा ४७ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हाे ।

माेरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १/१ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार विराटनगरमा मात्रै ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । माेरङकाे बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला , सुनबर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएकोे छ ।

उता सुनसरीको धरानमा ४ महिला ९ पुरुष, दुहवीमा १ महिला ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १–१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको छ ।

हालसम्म १ लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया