बसुन्धराको एक क्याफे र सहकारीमा चोरी, १३ लाख नगद हरायो

काठमाडौं । काठमाडौं महानगरपालिका-३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिउँचुली बचत तथा ऋण सहकारी संस्था समेतको करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

उक्त क्याफेबाट १ थान ल्यापटप र २ थान विभिन्न ब्रान्डका मदिरा तथा हिउचुली सहकारी संस्थाबाट नगद १२ लाख ५० हजार रुपैयाँ, १ थान ल्यापटप र १ थान सिसी क्यामरा हार्ड डिक्स समेत गरी जम्मा उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित इको सिस्टम एण्ड एडोप्टेसन आयोजनाको कार्यालय कोठाबाट करिब १ लाख १० हजार रुपैयाँ बराबरको २ थान ल्यापटप बुधबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया