बुटवलको कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पश्चिम र कपिलवस्तुका एक-एक जना संक्रमित छन् ।

अस्पतालमा उपचाररत नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान ४ बजे मृत्यु भएको हो । कलेजो र मिर्गौलाका दीर्घ रोगी उनी भदौ २७ गते अस्पताल भर्ना भएका थिए ।

यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका ६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए । असोज १ गते अस्पताल भर्ना भएका उनमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । दुवै संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया