आइपिएल: कोलकातामाथि मुम्बईको सहज जित

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । गएराती भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले सहज जित निकालेको हो ।

मुम्बईको जारी आइपिएलमा दोस्रो खेलमा पहिलो जित हो । अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

यस खेलमा मुम्बईका कप्तान रोहित शर्मा प्लेयर अफ द म्याच बनेका थिए । आइपिएल अन्तर्गत आज किंग्स इलेभेन पंजाव र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ ।

प्रतिक्रिया