जापानले अक्टुवर देखि विदेशी विद्यार्थीमाथिको प्रतिबन्ध हटाउने

एजेन्सी । विदेशी विद्यार्थीहरु प्रवेश माथि जापान सरकारले लगाएको प्रतिबन्ध अक्टोवरदेखि हटाउने भएको छ । कोरोना भाइरसका कारण विदेशी विद्यार्थी र कामदारलाई लगाएको प्रतिबन्ध फुकुवा गर्न लागिएको जापानको आसाही समाचारपत्रले उल्लेख गरेको छ ।

जापानले शुरुमा पर्यटकलाई भने आवागमनमा तत्कालै अनुमति दिने छैन । विदेशी नागरिकलाई प्रतिबन्ध लगाइपनि ब्यापारिक नागरिकहरु भने अहिलेपनि प्रवेश गरीरहेका छन् । जापानले लामो समय जापानमा बस्नेहरुलाई प्रतिबन्ध फुकुवा गरेको बताइएको छ ।

विदेशी विद्यार्थीका हकमा जापानमा प्रवेश गरेपछि दुई हप्ता अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नु पर्नेछ । भने, एकदिनमा एक हजार मात्र विदेशी नागरिक भित्रन दिने योजना बनाइएको छ ।

जापानले गत जुलाईमा भियतनाम, थाइल्याण्ड सहित अन्य पाँच देशका व्यापारिक सहित विषेश भिसामा जापान आउनेहरुलाई प्रतिबन्ध फुकुवा गरेको थियो । जापानले विश्वका १५९ देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

नेपाली विद्यार्थीहरु जापानमा अध्ययनसँगै काम गर्न जाने गरेका छन् । भिसा पाएर पनि प्रतिबन्धमा रहेका विद्यार्थीहरुको संख्या एक हजार बढि रहेको अनुमान छ । नेपालबाट वर्षेनी १० हजार भन्दा बढि विद्यार्थीहरु जापान अध्ययनका लागि जाने गर्दछन् ।

प्रतिक्रिया