सक्रिय संक्रमित २५ हजार नाघेमा पुनः लकडाउन गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

जनता लकडाउनको कारणले भोकै मर्ने अवस्था आएपछि सरकारले निषेधाज्ञा खोलेर जनजीवन समान्य बन्दै गएको समयमा स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमित २५ हजारभन्दा धेरै भए पुनः लकडाउन सिफारिस गरेको हो ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

हालसम्म सक्रिय संक्रमित १७ हजार ४ सय १४ जना रहेका छन् । मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ

 

प्रतिक्रिया